शनिबार, जेठ ५, २०८१

डेंगु दोहोर्‍याएर हुन्छ कि हुँदैन ?

डा . रबिन्द्र पाण्डे २०७९ कार्तिक १ गते १५:००

डेंगुका ४ वटा प्रजाति छन् । एकपटक डेंगु लागेपछि यदि IgM एन्टिबोडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ । यदि IgG एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगु भाइरसको लागि केहि बर्ष ( कसैलाई आजीवन ) एन्टिबोडी शरीरमा रहन्छ।

नेपालमा अहिले २ वटा डेंगुका प्रजाति छन् । एउटा प्रजातिको लामखुट्टेले टोकेको व्यक्तिलाई पून : अर्को प्रजातिको लामखुट्टेले टोक्यो भने दोहोर्याएर डेंगी हुन्छ। दोहोर्याएर डेंगी भयो भने पहिलेभन्दा निकै गाह्रो हुने, रक्तस्राबजन्य डेंगी हुनसक्ने र जोखिम बढ्ने हुनसक्छ । तसर्थ डेंगु लागेर निको भएका व्यक्ति पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ। हाल केहि व्यक्तिहरुमा पून : डेंगु दोहोरिएको छ।

डेंगु हुँदैमा सबैलाई एन्टिबोडी बन्दैन । मलाइ डेंगु भयो, निको भएपछि परीक्षण गर्दा एन्टिबोडी बनेन | मलाई जुनसुकै बेला पनि त्यही वा अर्को प्रजातिको डेंगु हुनसक्छ । डेंगु भएको १० दिनपछि हामीले डेंगी सेरोलोगी अर्थात् IgM, IgG परीक्षण गर्यौं भने एन्टिबोडी बने/नबनेको थाहा हुन्छ ।

अहिले सडकमा जतासुकै खाल्डा छन्, झ्यांग छन् । अहिले ती ठाउँमा औषधि छर्ने हो भने डेंगीको लार्भा मरेर अर्को साल समस्या हुँदैन । अन्यथा अर्को साल पनि डेंगी फैलिन सक्छ । स्थानीय निकाय खास गरेर हरेक वडाले हरेक टोलमा औषधि छर्ने, झ्यांग काट्ने अभियान संचालन गर्नुपर्दछ । हामी सबैले घरभित्र पानी जम्ने स्रोत नष्ट गर्नुपर्दछ ।

प्रतिक्रिया