शनिबार, जेठ ५, २०८१

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोरोना संक्रमण

नेपालखोज २०७९ कार्तिक १ गते १४:५५

सोल । दक्षिण कोरियामा चौबिस घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड १९ नयाँ संक्रमित देखिएका छन् । हाल कोरोनाका कुल संक्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो । एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो ।

गत हप्ताको पुष्टि भएका केसहरुको दैनिक औसत सङ्ख्या २४ हजार दुई सय ३६ थियो । नयाँ केसहरू मध्ये, ८७ विदेशबाट आयात भएका छन् । गम्भिर अवस्थामा रहेका संक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा एकले घटेर दुई सय ४७ पुगेको छ ।

यस प्रकोपको कारण थप ६ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ५६ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।

प्रतिक्रिया