आइतबार, जेठ ६, २०८१

ह्वावे नेपालद्वारा दोस्रो वर्षको लागि सीड्स फर द फ्युचरको समापन

नेपालखोज २०७९ कार्तिक २ गते १३:५८

काठमाडौं । अक्टोबर १८, २०२२ ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर सबै ICT-सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम आज काठमाडौंमा आयोजित समापन समारोहमा समापन गरेको छ । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यस लगाएत १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएकाे GPA, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थी छनोट भएका थिए । नेपालबाट छनोट भएका ७ विद्यार्थी यी हुन्:

निर्माण खड्का – काठमाडौं विश्वविध्यालय

बंशज पौडेल – मदन भण्डारी मेमोरियल कलेज

जतिन भुसाल – ख्वोपा ईन्जिनियरिङ कलेज

रीया बैद्य – पुल्चोक क्याम्पस

नदिका पौडेल – पुल्चोक क्याम्पस

प्रज्ञा मल्लिक – काठमाडौं विश्वविध्यालय

अजु तामाङ्        अमृत साइन्स क्याम्पस

जुलाईमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको ICT उद्योगमा इन्साइट प्राप्त गरे । विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर व्यापार सम्बन्धी कक्षाहरू लिए, डिशहोमका कार्यालयहरूमा गएर FTTH इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिके र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ वर्कशपमा भाग लिए । युनेस्कोले संगठनको “The Next 50” अभियानको एक हिस्साको रूपमा विद्यार्थीहरूलाई पनि संलग्न गराउँदै आएको छ ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए जहाँ उनीहरूले मेटाभर्स, 5G, AI, क्लाउड कम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिंग प्रविधिहरूका बारेमा सिकेका थिए र 5G का व्यावहारिक एप्लिकेसनहरू हेर्नुका साथसाथै १६ देशका ११६ विद्यार्थीहरूसँग क्रस-कल्चुरल शिक्षामा पनि सहभागि भएका थिए ।

उनीहरूले “Tech4Good” प्रतियोगितामा भाग लिए जहाँ उनीहरूलाई रीयल-वर्ल्ड वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचारको साथ आउन आवश्यक थियो । क्लाउड, AI र ब्लकचेन प्रविधि प्रयोग गरेर नक्कली औषधि पत्ता लगाउनको लागि अद्वैत, वान-स्टेप सोलुसनको आफ्नो विचार पनि प्रदर्शन गरे । 

अगस्ट २९ – सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित Tech4Good एक्सेलेटर क्याम्पमा सहभागी हुन २४ मध्ये ७ विजेता टोलीमध्ये टिम नेपाल एक थियो । सिंगापुरमा विद्यार्थीहरूले सिंगापुरस्थित ह्वावे कार्यालयको भ्रमण गरे । उनीहरूले आफूलाई तोकिएको सल्लाहकारसँग काम गर्दा व्यवसाय मोडेल विकास र डिजाइन थिकिंगको बारेमा पनि सिके । उनीहरू आफ्नो विचार सुधार गर्न सक्षम भए र यसलाई कसरी लगानीकर्ताहरूमाझ ल्याउने भनेर सिके । विद्यार्थीहरूहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे-निर्मित बेस स्टेशनको पनि भ्रमण गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले समापन समारोहमा सहभागी हुन पाएकोमा र प्रतिभाशाली विद्यार्थीलाई भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उनले युवामा लगानी गरेर भविष्यमा लगानी गरिरहेको बताउँदै विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गरे।

छनोट समितिका सदस्यहरूले थाइल्यान्डमा विद्यार्थीहरूको उपलब्धिमा गर्व व्यक्त गरे । प्रा. डा. शशिधर राम जोशीले सीड्स फर द फ्युचर कार्यक्रममा छनोट भएकोमा विद्यार्थीहरुलाई बधाई दिए । थाइल्यान्ड र सिङ्गापुरमा भएको ज्ञान आदानप्रदान सेसनले उनीहरूलाई आफ्ना विचारहरू प्रस्ट्याउन मद्दत गरेको र उनीहरू भविष्यका उद्यमी बन्न सक्ने उनले आशा व्यक्त गरे ।

प्रा. तिमिला यामी थापाले सीड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताइन् ।

प्रा. डा. सुवर्ण शाक्यले सीड्स फर द फ्युचर जस्ता CSR कार्यक्रमहरूमा ध्यान केन्द्रित गरेको र नेपाललाई सहयोग गरेकोमा ह्वावेलाई धन्यवाद व्यक्त गरे । ‘मलाई आशा छ ह्वावेले भविष्यमा अनुसन्धानमा आधारित सहकार्यका लागि विश्वविद्यालयहरूसँग पनि काम गर्नेछ,’ उनले भने ।

नेपाल सरकारको ई-गभर्मेन्ट आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले यति सानै उमेरमा ह्वावेको सिड्स फर द फ्युचर जस्तो प्लेटफर्म पाउनु विद्यार्थीहरु भाग्यमानी भएको बताए । ‘यस्तो कार्यक्रम १५ वर्ष पहिले सुरु भएको भए म सहभागी हुने थिए । यो देशलाई अझ राम्रो बनाउन प्रयास गरेकोमा म ह्वावेलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

प्रतिक्रिया