आइतबार, जेठ ६, २०८१

डेंगु निको भएपछि !

डा . रबिन्द्र पाण्डे २०७९ कार्तिक ३ गते १२:२५

डेंगु निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘ सन्चो ‘ भएको छैन । शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्ने/ झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने / बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ । डेंगुमा प्लेट्लेट्स घट्ने तथा अरुचिको कारण पोषण तत्वको अभाव भएको हुन्छ ।

डेंगुको पीडाले गर्दा मनोवैज्ञानिक समस्या पनि देखिन सक्छ । आफ्नो परिवारलाई सर्छ कि ? दोहोर्याएर डेंगी हुन्छ कि ? पहिलेजस्तो स्वास्थ्य हुँदैन कि भन्ने चिन्ता अधिकांश व्यक्तिमा पाइन्छ । आफूलाई पहिले डेंगी लागेका अनि अन्य परिवारजनलाई डेंगी सरेको केसमा संक्रमितमा ग्लानिबोध हुनसक्छ ।

यी समस्याबाट बच्नको लागि :
१. ज्वरो निको भएपछि बिस्तारा छोड्ने । अलिअलि हिँड्ने । सजिला काम गर्दै जाने ।
२. खानामा अरुचि भएपनि पोषिलो खाना तथा झोलिलो पदार्थ खाइरहने । जंक फुड, क्यान जुस, कोल्ड ड्रिंक्स, अल्कोहल, चुरोट सेवन नगर्ने |
३. पोषणको अभावमा ब्लडप्रेसर कम छ भने जीवनजल पानी खाइरहने ।
४. भिटामिन डी, भिटामिन बि १२, एन्टिअक्सिडेन्ट र रगत बढाउने खाना तथा सप्लिमेन्ट सेवन गर्ने ।
५. हल्का व्यायाम गर्ने ।
६. योग, प्रणायाम तथा रसायन अर्थात् (अमला, किवी, मेवा, अनार, जुनार, पालुंगो, च्यवनप्राश ) सेवन गर्ने ।
७. धेरै साथी तथा आफन्तसँग सम्पर्कमा रहने ।
८. मन बहलाउन कमेडी फ्लिम, उर्जाबर्धक स्पिच सुन्ने/ हेर्ने ।
९. आत्मबल बलियो बनाउने प्रयास गर्ने ।
१०. समयसमयमा चिकित्सकसँग आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएर आवश्यक परीक्षण गर्ने ।
११. कमजोरी रहेसम्म मनोनिग्रह तथा इन्द्रिय निग्रह गर्ने।

प्रतिक्रिया