आइतबार, जेठ ६, २०८१

होन्डाकाे तिहार एक्सचेन्ज महोत्सव

नेपालखोज २०७९ कार्तिक ३ गते १९:१५

काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दशैं÷तिहार योजना रोज्न सक्ने छन् ।

त्यसैगरी, होन्डाका पहिलो दुई सय ५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैंयाँ पाउनेछन् । योजना २०७९ कार्तिक एक देखि छ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया