शनिबार, जेठ ५, २०८१

दोहोरो अंकले बढ्यो नेप्से, ५१ करोड ६८ लाखको कारोबार

नेपालखोज २०७९ कार्तिक ६ गते १६:२४

काठमाडौ । नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १४ दशमलव ३५ अंकले बढेर १८ सय ५८ दशमलव ४९ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८८ अंकले बढेर तीन सय ६५ दशमलव ९३ अंकमा चढेको छ ।

दुई सय २१ वटा कम्पनीहरुको १३ हजार ८१ पटकको कारोबारमा १५ लाख ३८ हजार ४२ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आइतबार १३ वटा समूहहरुको कारोबार भएकोमा होटल तथा पर्यटन र सामूहिक लगानी कोष समूहहरुको सूचक घटेका छन् भने बाँकी समूहहरुको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव पाँच अंकले बढेर १३ सय २१ दशमलव २२ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ३३ दशमलव ६५ अंकले बढेर ३३ सय ३५ दशमलव ३५ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि १८ दशमलव ९५ अंकले बढेर १९ सय १५ दशमलव ५५ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ९० दशमलव नौ अंकले बढेर सात हजार चार सय ९६ दशमलव ७८ अंकमा चढेको छ । जीवन बीमा समूहको सूचक पनि ३९ दशमलव पाँच अंकले बढेर आठ हजार ६ सय ६३ दशमलव १६ अंकमा चढेकोमा फार्ईनान्स, ट्रेडिङ, उत्पादमुलक, अन्य, लघुवित्त र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आइतबार जलबिद्युत परियोजनाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतियुनिट सेयर मूल्य नौ दशमलव ५५ प्रतिशतले घटेर आठ रुपैयाँ पाँच पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज एरेष्ट बैंकको प्रतिकित्ता पाँच सय चार रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा पाँच करोड १६ लाख ३२ हजार नौ सय ९७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया