शनिबार, जेठ ५, २०८१

पछिल्लो चौबीस घण्टामा ४२ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ कार्तिक ७ गते १७:०९

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ९२१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

५ सय जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा र ४२१ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३९२ पुगेको छ ।

प्रतिक्रिया