शुक्रबार, जेठ ४, २०८१

ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

नेपालखोज २०७९ कार्तिक ७ गते १९:४०

काठमाडौं । बेलायतमा ऋषि सुनाक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । कन्जरभेटिव पार्टीको संसदीय दलको नेता बन्न खोजेकी सांसद पेनी मोर्डन्टले अन्तिम समयसम्म पनि आवश्यक एक सय सांसदको समर्थन जुटाउन नसकेपछि उनी पछि हटेकी छन् । उनले सुनाकलाई नै समर्थन गर्ने भएकी छन् ।

यससँगै सुनाक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री बन्ने भएका हुन् । सात हप्ताअघि मात्र दलको चुनावमा उनी लिज ट्रससँग पराजित भएका थिए । तर, लिजको सरकार डेढ महिनामै ढलेपछि प्रधानमन्त्री बन्ने मौका दोहोर्याएर सुनाकले पाएका हुन् । सुनाक औपचारिक रुपमा आइतबार प्रधानमन्त्री नियुक्त हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया