सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ कार्तिक १५ गते ११:०७

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया