शनिबार, जेठ ५, २०८१

५६ अंकले बढ्दा एक अर्ब २९ करोडको सेयर कारोबार

नेपालखोज २०७९ कार्तिक १५ गते १५:४१

काठमाडौं । नेप्सेले छलाङ मारेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने ५६ दशमलव ११ अंकले बढेर १९ सय ३० दशमलव ९९ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २८ अंकले बढेर तीन सय ८२ दशमलव १४ अंकमा चढेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको २७ हजार नौ सय ३२ पटकको कारोबारमा ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता सेयर खरिद-बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब २९ करोड ६ लाख ६४ हजार छ सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा मंगलबार १३ वटा समुहको कारोबार भएकोमा सबै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । योमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव ५४ अंकले बढेर १३ सय ७० दशमलव ८५ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि एक सय ३१ दशमलव २४ अंकले बढेर तीन हजार चार सय ५३ दशमलव ५३ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक ८३ दशमलव ७३ अंकले बढेर दुई हजार एक दशमलव २५ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक एक सय ८२ दशमलव ३४ अंकले बढेर सात हजार सात सय दुई दशमलव ६७ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ७३ दशमलव ३८ अंकले बढेर आठ हजार आठ सय ८१ दशमलव ९५ अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक बढेका छन् ।

नेप्सेमा मंगलबार ङादी गु्रप पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ८८ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनसीसी बैंकको ऋणपत्र २०८६ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९१ प्रतिशतले घटेर आठ सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता ६ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ६ करोड ६५ लाख ६० हजार दुई सय ५१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया