सोमबार, वैशाख ३१, २०८१

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ कार्तिक १७ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया