आइतबार, जेठ ६, २०८१

घरमा सकारात्मक ऊर्जा ल्याउने उपाय !

नेपालखोज २०७९ कार्तिक १९ गते ५:०५

जीवनमा सकारात्मकता कायम राख्न घरको सजावट धेरै महत्त्वपूर्ण हुन्छ । घर सफा भएमा वास्तु देवताको आशीर्वाद रहन्छ । वास्तुशास्त्रमा सकारात्मकता बढाउनका लागि केही सरल उपायहरू बताइएका छन् ।

यी उपायले वास्तु देवता प्रसन्न हुन्छन्, घरमा सकारात्मकता आउँछ । वास्तुशास्त्रमा सकारात्मकता बढाउनका लागि केही सरल उपायहरू बताइएका छन्, आउनुहोस् यी उपायहरूको बारेमा जानौं । घरको भित्तामा स्वस्तिक चिन्ह बनाउनुहोस्, यसो गर्नाले घरमा देवताको वास हुने विश्वास गरिन्छ ।

बेसार–चन्दनले बनेको स्वस्तिकले सौन्दर्य बढाउँछ र नकारात्मक ऊर्जालाई घरबाट टाढा राख्छ। घरमा आक्रामक जनावर र चराहरूको तस्बिर प्रयोग गर्नु हुँदैन । यसले घरका सदस्यहरूबीच वैमनस्यको भावना बढाउँछ। घरको पूर्व दिशामा सूर्योदयको चित्र राख्नुहोस् । यसले बालबालिकामा उर्जा, जोश र जाँगर कायम रहन्छ । मन एकाग्र हुन्छ । घरको हरेक कुना सुगन्धले सुगन्धित होस्। घरमा तुलसीको बिरुवा लगाउनुपर्छ । यसले सकारात्मक उर्जाको प्रवाह कायम राख्छ । नयाँ चन्द्रमाको दिन घर सफा गर्ने नियम बनाउनुहोस् ।

घरमा जब पनी पुछ्नुहोस्, तब पानीमा अलिकति बेसार अवश्य मिसाउनुहोस् । घरमा प्लाष्टिकका फूल र बिरुवाहरू नराख्नुहोस्। राति भान्साकोठामा फोहोर भाँडाहरू राख्नाले व्यापारमा घाटा हुन सक्छ । राति मात्र भान्सा सफा गर्नुहोस् । सुत्ने कोठामा पानी नराख्नुहोस् । यसो गर्दा ऋण र उधारो अवस्था निम्त्याउन सक्छ।हरेक साँझ घरमा कपूर जलाउनाले धनको वृद्धि हुन्छ ।

घरको तिजोरीमा अत्तर वा परफ्युम कहिल्यै नराख्नुहोस्। घरमा वर्षमा दुई पटक हवन गरौ। यसले वास्तु देवताहरूलाई प्रसन्न तुल्याउँछ। घरको बीचमा भारी सामान कहिल्यै नराख्नुहोस्। घरको मुख्य प्रवेशद्वारमा गाई र बाछोलाई रोटी र गुड़ खुवाउनुपर्छ । बुधबार हरियो चारा खुवाउने । चराहरूलाई दैनिक खुवाउनुहोस्। घर वा बालकनीमा सुख्खा रूख वा बिरुवाहरू नराख्नुहोस्। हरिया रुखहरूले घर सजाउनुहोस् ।

प्रतिक्रिया