आइतबार, जेठ ६, २०८१

धनी हुने सबै गुण भएका राशि !

नेपालखोज २०७९ कार्तिक १९ गते ९:१०

ज्योतिषशास्त्र अनुसार मानिसको जीवनमा राशि, ग्रह र नक्षत्रको ठूलो महत्त्व हुन्छ । कुनै पनि व्यक्तिको राशिफलमार्फत उसको भविष्यका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । ज्योतिषमा कुल १२ राशि र ९ ग्रहको अध्ययन गरिन्छ । व्यक्तिको जन्म स्थान, ग्रह नक्षत्र एवं मिति अनुसार उसको राशि निर्धारण हुन्छ । प्रत्येक राशिको आफ्नै शासक ग्रह हुन्छ, जसले व्यक्तिको प्रकृति र भविष्यलाई असर गर्छ ।

ज्योतिष शास्त्रमा ती चार राशिको उल्लेख गरिएको छ, जसमा धनी हुने सबै गुणहरू छन् ।

वृष : वृष राशिको शासक ग्रह शुक्र हो । यो राशिका मानिसले विलासी जीवन पाउँछन् । वृष राशिका मानिसहरुलाई धनको कुनै कमी हुँदैन । यो राशिका मानिसहरु निकै मेहनती हुन्छन् । थोरै परिश्रममा सफलता मिल्छ । आफ्नो मेहनेत र लगनशीलताले हरेक कठिन लक्ष्य हासिल गर्न सफल हुन्छन् वृष राशिहुनेहरु ।

कर्कट : यो राशिको शासक ग्रह चन्द्रमा हो । यो राशिका स्वामिहरूले आफ्नो जीवनमा पैसा कमाउने ठुला -ठूला अवसर पाउँछन्, जुन अबसर उनीहरू गुमाउँदैदैनन् । उनीहरूले प्रसस्तै पैतृक सम्पत्ति पनि पाउँछन् । यो राशिका मानिसहरु बुद्धिमान हुन्छन् र आफ्नो कडा परिश्रमले करियरमा सफलता हासिल गर्छन् ।

सिंह : यो राशिका मानिसहरु प्रतिभाशाली हुन्छन् । यीनीहरुले आफ्नो जीवनमा प्रयाप्त सम्मान पाउँछन्। यीनिहरुहरूमा नेतृत्वका सबै गुण हुन्छन्, यीनीहरूले आफ्नो जीवनमा ठूलो उचाइ प्राप्त गर्छन् । सिंह राशि हुनेहरुले भीडमा समेत आफ्नो अलग छाप बनाउँछ । यीनीहरुको बुद्धि देखेर हरेक मानिस आकर्षित हुन्छ ।

प्रतिक्रिया