आइतबार, जेठ ६, २०८१

चन्द्रग्रहणमा कुन राशिको खुल्नेछ भाग्य, कस्का लागि पीडादायक ?

नेपालखोज २०७९ कार्तिक २१ गते ७:२५

काठमाडाैं । भोलि मंगलबार कार्तिक पूर्णिमाका दिन अर्थात कार्तिक २२ गते (८ नोबेम्बर ) चन्द्रग्रहण लाग्दैछ । ग्रहण साँझ लागे पनि यसको सुतक ९ घण्टा अघि सुरु हुनेछ । चन्द्रग्रहण ०८ नोबेम्बर २०२२, मंगलबार साँझ ५:४७ मा सुरु हुनेछ र साँझ ६:३३ मा समाप्त हुनेछ ।

चन्द्रग्रहणको सुतक बिहान ८.३६ बजे सुरु हुनेछ भने सुतक अवधि साँझ ६.३३ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण उत्तरी तथा पूर्वी युरोप, एसिया, अष्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका एवं दक्षिण अमेरिकाका अधिकांश भू-भागबाट देखिनेछ । यो ग्रहणको धार्मिक प्रभाव पर्ने भएकाले सुतक अवधिमा मन्दिरका ढोका बन्द रहनेछन् । ग्रहणको प्रभाव विभिन्न राशिहरूमा पनि पर्छ ।

मेष : मानसिक चिन्तामा वृद्धि, दैनिक कामको तनाव, दाम्पत्य र प्रेम सम्बन्धमा विवाद वा तनाव, आमा बुबामा समस्या । बल, सम्मान तथा मेहनतमा वृद्धि ।

वृष : पराक्रममा वृद्धि, दाजुभाइ-दिदीबहिनीहरुको विषयमा तनाव, घर तथा सवारी साधनलाई लिएर चिन्ता , शत्रुमा वृद्धि तर विजय । मानसिक चिन्ता बढे पनि भाग्यले साथ दिनेछ । दाम्पत्य र प्रेम सम्बन्धमा सकारात्मक प्रगति ।

मिथुन : आम्दानी र साधनमा वृद्धि, सन्तानको पक्षमा थोरै चिन्ता, सम्मान र परिश्रममा वृद्धि । बोलीको प्रभाव बढ्नेछ । घर तथा बाहन सुख । जीवन साथी र प्रेम सम्बन्धमा सुधार ।

कर्कट : मन अशान्त, स्वास्थ्य समस्या तथा अनावश्यक तनाव । धन, मान-सम्मान र जागिरमा सकारात्मक प्रभाव । पढाइमा बाधा, शत्रु माथि विजय । आमा – बुवाको चिन्ता । जीवन साथी र प्रेम सम्बन्धमा प्रगति ।

सिंह : सरकारी वा उच्च अधिकारीहरूसँग तनाव । घर तथा बाहन सुख । आम्दानी वृद्धि होला । मनोबल र स्वास्थ्य अचानक कमजोर हुनसक्छ । पेट र खुट्टाको समस्या । विवादबाट टाढैं रहनुहोला । वैवाहिक र प्रेम सम्बन्ध सामान्य छ ।

कन्या : धनमाल एवं बोलीको प्रभाव बढ्नेछ । दाम्पत्य सुख र प्रेम सम्बन्धमा वृद्धि हुनेछ । प्रगतिको मार्ग प्रसस्त हुनेछ । आम्दानीका श्रोतहरूमा हल्का तनाव देखा पर्ला । आमाको स्वास्थ्यमा बाधा ।

तुला : धन र शक्ति वृद्धि हुनेछ। मानसिक चिन्ता बढ्नेछ। आमाले केही दुःख पाउने योग छ भने दाम्पत्य र प्रेम सम्बन्धमा तनाव देखापर्न सक्छ । घर तथा वाहन सुखमा वृद्धि हुनेछ । पेट र खुट्टा दुखाइका साथै शत्रु बढ्ने योग पनि छ ।

वृश्चिक : मनोबल र स्वास्थ्यमा बाधा । मन दुखि रहनेछ । आम्दानी र खर्च वृद्धि । खासगरि यात्रा खर्चमा अचानक वृद्धि । शिक्षामा प्रगति हुनेछ। सन्तानको चिन्ता समाप्त हुनेछ भने शक्तिमा वृद्धि देखिन्छ । दाम्पत्य सुख र प्रेम सम्बन्धमा तनाव वा खर्चको स्थिति ।

धनु : धनको नयाँ स्रोतमा फेला पर्नेछ । इज्जत र खुसीमा वृद्धि होला । एक्कासी क्रोध बढ्ला । दाम्पत्य सुख र प्रेम सम्बन्धमा तनाव । पढाइ र सिकाइमा बाधा । व्यापार विस्तार । आमा – बुबालाई समस्या । सन्तानको विषयमा बेचैनी महसुस होला ।

मकर : मनोबल र स्वास्थ्यमा सुधार आउनेछ। छातीमा असुविधा महसुस हुनसक्छ । जीवन साथी र प्रेम सम्बन्धबाट दुखी । आम्दानीका साधनमा अवरोध । सन्तान र शिक्षाको चिन्ता । आमा – बुवाको स्वास्थ्यमा बाधा ।

कुम्भ : प्रतिस्पर्धा , शत्रुको विजय । खर्च र सम्मानमा वृद्धि । धन सम्पत्तिमा वृद्धि तथा आर्थिक लाभ । घर तथा सवारी साधनको चिन्ताले सताउनेछ । जीवन साथी र प्रेम सम्बन्धमा समस्या वा तनाव । पेटका साथै अन्य स्वास्थ समस्या ।

मीन : सन्तानका बिषयमा चिन्ता । मनोबल उच्च एवं विद्यामा अवरोध। काममा भाग्य को साथ । दाजुभाई , दिदिबहिनी एवं मित्रजनबाट कष्ट । पराक्रम एवं सम्मानमा अवरोध । पेट एवं पिशाब सम्बन्धि समस्या । बोलिको प्रभाव बढ्नेछ । धनार्जनको स्रोतमा वृद्धि ।

प्रतिक्रिया