शनिबार, जेठ ५, २०८१

६ अंकले घट्दा दुई अर्ब १० करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २१ गते १५:३२

काठमाडौं । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ४३ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) ६ दशमलव ४३ अंकले घटेर १९ सय ५८ दशमलव ९४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स दुई दशमलव १९ अंकले घटेर तीन सय ८५ दशमलव ३३ अंकमा झरेको छ ।

दुई सय २४ वटा कम्पनीहरुको ३५ हजार एक सय १२ पटकको कारोबारमा ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा पाँच वटा समूहरुको सूचक बढेर बाँकी आठ वटा समूहहरुको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ९९ अंकले घटेर एक हजार तीन सय ६४ दशमलव २७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ३९ दशमलव ५४ अंकले घटेर तीन हजार चार सय ९७ दशमलव ११ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक ६ दशमलव चार अंंकले घटेर दुई हजार ५१ दशमलव २१ अंकमा झरेको छ ।

निर्जिवन बिमा समूहको सूचक ८१ दशमलव १५ अंकले घटेर सात हजार सात सय ५३ दशमलव ७८ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक र लघुवित्त समूहको सूचक घटेका छन् । जीवन समूहको सूचक भने ४६ दशमलव एक अंकले बढेर नौ हजार ८१ दशमलव १६ अंकमा चढेकोमा ट्रेडिङ, अन्य, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव १३ प्रतिशतले बढेर एक सय ९८ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७० प्रतिशतले घटेर १२ सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता तीन हजार ६ सय ४५ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड १६ लाख १३ हजार एक सय ६३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया