बिहीबार, जेठ ३, २०८१

आत्महत्या प्रयासबारे प्रकाश दुतराज भन्छन्- गलत बुझाई र सूचनाका आधारमा समाचार आयाे

नेपालखोज २०७९ कार्तिक २२ गते ९:०९

काठमाडाैं । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले आफ्नो स्वभाव एकान्तमा एक्लै बस्ने रहेको बताएका छन् । सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । 

प्रकाश फेसबुकमा लेखेका छन् दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको छ । अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैँलाई थुनिदिने, हजारौं कोशिश गर्दा पनि स्वभाव फेरिन सकेको नसकेकाे उनले बताएका छन्

‘कहिले हराइदिन्छु, यसैयसै… । कहिले हरियाली पाखा पखेरी ।  उकाली–ओराली चौतारी अनि देउरालीहरूसँगै । कहीँ उजाड बगर र मरुभूमिहरूसँगै बालुवा झैँ उडिदिन्छु । कहिले समुद्रका छालहरुले अँगाल्दै गहिराइमा पुर्याई डुबाई दिन्छन्,’ प्रकाश फेसबुकमा लेख्छन्, ‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौंसम्म आफैलाई थुनिदिन्छु । हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता । यही कारण पनि म आफूले आफैँलाई दुखी बनाउँछु ।’

प्रतिक्रिया