बिहीबार, वैशाख २७, २०८१

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ कार्तिक २२ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ३ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया