शनिबार, जेठ ५, २०८१

तीन अंकले घट्दा एक अर्ब पाँच करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २२ गते १५:३१

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन ६ दशमलव ४३ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (मंगलबार) पुन: दुई दशमलव ५७ अंकले घटेर १९ सय ५६ दशमलव ३६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले घटेर तीन सय ८४ दशमलव २१ अंकमा झरेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको १८ हजार चार सय ७२ पटकको कारोबारमा २७ लाख ७३ हजार सात सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार चार सय ६७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा चार वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये फाईनान्स समूहको सूचक चार दशमलव ६५ अंकले बढेर १६ सय ४३ दशमलव ६८ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक २३ दशमलव चार अंकले बढेर सात हजार सात सय ७८ दशमलव ३५ अंकमा चढेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक ९३ दशमलव ६१ अंकले बढेर नौ हजार एक सय ७४ दशमलव ७७ अंकमा चढेको छ । अन्य समूहको सूचक पनि बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने तीन दशमलव ९७ अंकले घटेर १३ सय ६० दशमलव ३४ अंकमा झरेको छ ।

विकास बैंक समूहको सूचक पनि सात दशमलव तीन अंकले घटेर तीन हजार चार सय ८९ दशमलव ८१ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक १२ दशमलव ७४ अंकले घटेर दुई हजार ३८ दशमलव ४७ अंकमा झरेकोमा लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य चार दशमलव २२ प्रतिशतले बढेर १३ सय ७९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कालिका लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७७ प्रतिशतले घटेर नौ सय २२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता ६ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ५७ लाख ३२ हजार एक सय २२ रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया