शनिबार, जेठ ५, २०८१

३९ अंकले घट्दा एक अर्ब ४० करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २३ गते १५:२७

काठमाडौं । नेप्से राताम्मै भएको छ । अघिल्लो दिन दुई दशमलव ५७ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने ३९ दशमलव १५ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६८ अंकले घटेर तीन सय ७६ दशमलव ५३ अंकमा झरेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको २४ हजार तीन सय ८८ पटकको कारोबारमा ३६ लाख ९७ हजार सात सय २३ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४० करोड ७३ लाख ९५ हजार चार सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएको १३ वटै समूहहरुको सूचक घटेर नेप्से राताम्मै भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव चार अंकले घटेर १३ सय ४६ दशमलव ३० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक एक सय १० दशमलव ९७ अंकले घटेर तीन हजार तीन सय ७८ दशमलव ८४ अंकमा झरेको छ ।

यसैगरी जलबिद्युत समूहको सूचक पनि ५३ दशमलव ६ अंकले घटेर १९ सय ८५ दशमलव ४० अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि एक सय ४४ दशमलव ३६ अंकले घटेर सात हजार छ सय ३३ दशमलव ९९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक एक सय ९९ दशमलव ९५ अंकले घटेर आठ हजार नौं सय ७४ दशमलव ८२ अंकमा झरेको छ । फाईनान्स, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज अपरहेवा खोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ४२ प्रतिशतले बढेर तीन सय ९१ रुपैयाँ अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ९५ प्रतिशतले घटेर तीन सय एक रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता तीन हजार दुई सय ४४ रुपैयाँ अन्तिम मुल्यमा ६ करोड ७८ लाख २७ हजार ६ सय १९ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया