बिहीबार, वैशाख २७, २०८१

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखोज २०७९ कार्तिक २४ गते १०:४१

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ । भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया