शुक्रबार, वैशाख ७, २०८१

२०२२मा अभिभावक बनेका बलिउडकर्मि

नेपालखोज २०७९ कार्तिक २४ गते १४:०२

काठमाडौं । यो वर्ष अनकौं बलिउड सेलिब्रेटी अभिभावक बन्न लागेका छन् । आलिया भट्ट र रणवीर कपूरका लागि सन् २०२२ धेरै हिसाबले विशेष रह्यो । यो वर्षको सुरुमा, यो जोडीले वास्तु हाउसमा परिवार र साथीहरूको उपस्थितिमा विवाह गरे।

विवाहको करिब दुई महिनापछि आलियाले आमा बन्नलागेको जानकारी सामाजिक सञ्जालमा शेयर गरिन् । यहि वर्षको सेप्टेम्बरमा, यो जोडीको पहिलो फिल्म ब्रह्मास्त्र रिलिज भएको थियो, जसले पर्दामा चमत्कार गर्यो भने वर्षको अन्त्यमा उनिहरु छोरीको आमाबुवा भए । आलिया-रणवीर बाहेक अरु पनि थुप्रै सेलिब्रेटी छन् जो यो वर्ष अभिभावक बन्न लागेका छन् ।

यो वर्ष बिपाशा बसु र करण सिंह ग्रोवरले पनि खुसीको खबर दिने भएका छन् । विवाहको ६ वर्षपछि यो जोडी पहिलो पटक अभिभावक बन्न लागेका हुन् । चाँडै दुवैले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्दैछन्। यद्यपि त्यसको मिति भने खुलाइएको छैन तर बिपाशा नोभेम्बरको अन्त्यसम्ममा आमा बन्न सक्ने बताइएको छ ।

यो वर्ष पहिलो पटक आमा हुने अभिनेत्री धेरै छन् । वर्ष (२०२२ को सुरुमा प्रियंका चोपडा र निक जोनसले छोरीलाई आफ्नो घरमा स्वागत गरेका थिए। प्रियंका र निक सरोगेसीको सहयोगमा अभिभावक बनेका थिए । सोनम कपुर र आनन्द आहुजा पनि यसै वर्षको अगस्टमा अभिभावक बनेका थिए । आहुजा दम्पतीले आफ्नो छोराको नाम वायु कपुर आहुजा राखेका छन् ।

प्रतिक्रिया