शनिबार, जेठ ५, २०८१

२३ अंकले नेप्से घट्दा एक अर्ब ११ करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २४ गते १५:३६

काठमाडौं । नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि २३ दशमलव ५२ अंकले घटेर १८ सय ९३ दशमलव ७० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ अंकले घटेर तीन सय ७२ दशमलव ३७ अंकमा झरेको छ ।

नेप्सेमा बिहीबार दुई सय २६ वटा कम्पनीहरुको २२ हजार तीन सय ९८ पटकको कारोबारमा ३१ लाख १४ हजार छ सय ८९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ रुपैयाँमा सिमित भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा सबै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव २१ अंकले घटेर १३ सय ३७ दशमलव शुन्य आठ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ४८ दशमलव एक अंकले घटेर तीन हजार तीन सय ३० दशमलव ७४ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक ४१ दशमलव १८ अंकले घटेर १९ सय ४४ दशमलव २२ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक ८८ दशमलव ५४ अंकले घटेर सात हजार पाँच सय ४५ दशमलव ४५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ६९ दशमलव ७७ अंकले घटेर आठ हजार नौ सय पाँच दशमलव पाँच अंकमा झरेकोमा फाईनान्स, टे«डिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मन्दाकिनी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९२ प्रतिशतले बढेर तीन सय ३१ रुपैयाँ ५० पैसामा कारोबार हुँदा अपरहेवा खोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ९१ प्रतिशतले घटेर तीन सय ६४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी बिहीबार शिवम सिमेन्टको प्रतिकित्ता ६ सय २१ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा १० करोड २२ लाख ३५ हजार चार सय २८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया