कुमारी बैंक र दराजबीच ११.११ अभियान को लागि सम्झौता

नेपालखोज २०७९ कार्तिक २५ गते १०:४२


काठमाडौं । कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँ सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुनेछ। कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया