शनिबार, जेठ ५, २०८१

१० अंकले घट्दा ७७ करोड ४९ लाखको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २७ गते १५:३७

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नै नेप्से घटेको छ । नेप्से आज (आईतबार) १० दशमलव ५४ अंकले घटेर १८ सय ८३ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा झरेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको १९ हजार ४५ पटकको कारोबारमा २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार सात सय ६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको कारोबार भएकोमा होटेल तथा पर्यटन समूहको सूचक १५ दशमलव ८२ अंकले बढेर बाँकी १२ वटा समूहहरुको सूचक घटेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ३० अंकले घटेर १३ सय ३१ दशमलव ७९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि तीन दशमलव ८४ अंकले घटेर तीन हजार तीन सय २६ दशमलव ९१ अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक २० दशमलव ४६ अंकले घटेर १९ सय २३ दशमलव ७७ अंकमा झरेको छ । जीवन बिमा समूहको समूहको सूचक ७० दशमलव ७३ अंकले घटेर आठ हजार आठ सय ३४ दशमलव ३२ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि १८ दशमलव ४४ अंकले घटेर सात हजार पाँच सय २७ दशमलव दुई अंकमा झरेकोमा फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य सात दशमलव ९० प्रतिशतले बढेर आठ रुपैयाँ ६ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा नबिल व्यालेन्स फण्ड २ को प्रतियुनिट सेयर मूल्य ६ दशमलव ९० प्रतिशतले घटेर आठ रुपैयाँ ३६ पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्त ६ सय नौ रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया