शनिबार, जेठ ५, २०८१

शुभ उपहार !

नेपालखोज २०७९ कार्तिक २९ गते ५:००

उपहारहरू प्रायः दिइन्छ र लिइन्छ, चाहे त्यो जन्मदिन होस्, वार्षिकोत्सव होस् वा विशेष अवसरलाई यादगार बनाउन। यी उपहारले खुसी मात्र नभई सकारात्मक वा नकारात्मक ऊर्जा पनि ल्याउँछ । वास्तुशास्त्रमा उपहारको बारेमा पनि केही महत्त्वपूर्ण कुराहरू बताइएका छन् । यस अनुसार कतिपय उपहार धेरै भाग्यशाली हुन्छन्, यी उपहार दिनु र लिनु दुवै धेरै शुभ मानिन्छ। यी उपहारहरूले जीवनमा राम्रो भाग्य ल्याउँछ।

भगवान् गणेश को तस्बिर

भगवान् गणेशको तस्बिर वा चित्र उपहार दिनु वा प्राप्त गर्नु दुवै धेरै शुभ मानिन्छ । यसो गर्नाले घरमा सुख र समृद्धि आउँछ । भगवान् गणेशको कृपाले जीवनका सबै दुःखको पनि अन्त्य हुन्छ ।

चाँदीको भाँडा

चाँदी सबैभन्दा शुद्ध धातु मानिन्छ । वास्तुशास्त्रका अनुसार चाँदीबाट बनेको उपहार दिन र प्राप्त गर्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ । यसबाट माता लक्ष्मीले धन प्रदान गर्छिन् ।

हात्तीको जोडी

हिन्दु धर्ममा हात्तीलाई निकै शुभ मानिन्छ । हात्ती पनि भगवान् गणेशसँग सम्बन्धित छ । उपहारमा हात्ती वा हात्तीको जोडी दिनु वा प्राप्त गर्नु धेरै शुभ मानिन्छ । उपहारमा दिइने यी हात्तीहरू चाँदी, काँसा वा काठका भए राम्रो हुन्छ । गल्तीले सिसाको बनेको हात्ती वा सजिलै भाँच्न सकिने चिजहरू उपहारको रूपमा नदिनुहोस् ।

घोडाहरूको चित्र

घरमा लगाम बिनाको घोडाको तस्बिर राख्नाले छिटो प्रगति हुन्छ । यस्ता ७ वटा घोडाको तस्विर उपहारमा दिनुभयो वा उपहार पाउनुभयो भने निकै शुभ मानिन्छ ।

माटोको भाँडो

वास्तुशास्त्रमा घरमा माटोको भाँडा वा सजावटका सामान राख्नु निकै शुभ मानिन्छ । यसले घरमा सुख-समृद्धि बढाउँछ । यी चीजहरू उपहारको रूपमा दिनु पनि धेरै भाग्यशाली हो । यसले पैसा आउने नयाँ बाटो खोल्छ।

प्रतिक्रिया