बिहीबार, वैशाख २७, २०८१

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ कार्तिक ३० गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया