शनिबार, जेठ ५, २०८१

१३ अंकले नेप्से बढ्दा ८५ करोड ९४ लाखको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक ३० गते १५:३०

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन छ दशमलव ५९ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने १३ दशमलव ४० अंकले बढेर १९ सय ११ दशमलव २६ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८६ अंकले बढेर तीन सय ७६ दशमलव ५७ अंकमा चढेको छ ।

दुई सय ३२ वटा कम्पनीहरुको १७ हजार सात सय दुई पटकको कारोबारमा २४ लाख ९५ हजार छ सय १२ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ८५ करोड ९४ लाख ६८ हजार एक सय ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा बुधबार १३ वटा समूहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष र ट्रेडिङ समूहको सूचक क्रमश: शुन्य दशमलव ११ र २१ दशमलव ६१ अंकले घटेपनि बाँकी ११ वटा समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक भने आठ दशमलव १६ अंकले बढेर १३ सय ४५ दशमलव ६५ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ४२ दशमलव ५८ अंकले बढेर तीन हजार तीन सय ९७ दशमलव ६४ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक २१ दशमलव ९८ अंकले बढेर १९ सय ६७ दशमलव ५६ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ८० दशमलव ७३ अंकले बढेर नौ हजार २० दशमलव ३० अंकमा चढेको छ । यिबाहेक निर्जिवन बिमा, फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा बुधबार सिक्लेस हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ५३ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नउत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव १३ प्रतिशतले घटेर १६ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज रिडी हाइड्रो पावर कम्पनीको प्रकिकित्ता चार सय ८२ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा ६ करोड तीत लाख ३८ हजार ६ सय ३० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया