आइतबार, जेठ ६, २०८१

पाकिस्तानलाई १–० ले हराउँदै नेपालले जित्याे मैत्रीपूर्ण खेल

नेपालखोज २०७९ कार्तिक ३० गते १९:३७

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानमाथि १–० गोल अन्तरले जित निकालेको छ । मैत्रीपूर्ण खेलमा बुधबार पाकिस्तानलाई १–० ले हराउँदै नेपाल विजयी भएकाे हाे ।

बुधबार दशरथ रंगशालामा भएको खेलम नेपालले पाकिस्तानलाई १-० गोलले  पराजित गरेको हो नेपालका  फरवार्ड अन्जन विष्टले नेपालको लागि निर्णायक गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । नेपालले पछिल्लोपटक पाकिस्तानलाई सन् २००८ मा हराएको थियो । उक्त खेलमा पनि नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया