आइतबार, जेठ ६, २०८१

विश्व कप फुटबल- २०२२ पाँच अर्ब मानिसले हेर्नेछन्

नेपालखोज २०७९ मंसिर १ गते १५:०७

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बालीमा सम्पन्न जि-२० शिखर सम्मेलनमा विश्व नेताहरूलाई तनाव र द्वन्द्वलाई पन्छाएर विश्वकपको मजा लिन आग्रह गरेका छन । विश्वकप नोबेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुँदैछ । विश्व कप आनन्द र एकताको अवसर हुनुपर्छ । यसले आशाको सन्देश दिनुपर्छ, इन्फान्टिनोले न्युज एजेन्सी सिन्ह्वालाई भनेका छन ।

फिफा अध्यक्षले फुटबल विश्वमा सयौं अर्ब अमेरिकी डलरको जीडीपी भएको महत्वपूर्ण आर्थिक गतिविधि हो, यसले लाखौं रोजगारी सिर्जना गर्छ र आर्थिक बृद्धिलाई गति दिन्छ। इन्फान्टिनोले कतारमा हुने विश्वकप पाँच अर्ब मानिसले हेर्ने अपेक्षा गरेका छन् अर्थात विश्वको आधाभन्दा बढी जनसंख्याले यो विश्वकप हेर्ने छ ।

सन् २०३१ मा फिफा महिला विश्वकप आयोजना गर्ने चीनको योजनाको बारेमा इन्फान्टिनोले भने, यो योजना र फुटबल क्लब तथा युवा फुटबलमा चीनको संलग्नताले क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्नेछ र खेलको समग्र विकासका लागि महत्त्वपूर्ण छ । फुटबलको विकासका लागि चीन अत्यावश्यक छ । महत्त्वपूर्ण घटनाहरूको बोली लगाउनु एउटा तत्व हो जसले चीनमा फुटबल, पुरुष होस् वा महिला, विकास गर्नेछ, उनले थपे ।

फुटबलले मानिसको भावनालाई छुन्छ । यो खेलप्रति मानिसहरूको क्रेजको कुरा हो । जब तपाइँ केटी वा केटालाई फुटबल दिनुहुन्छ तब उनीहरूको ओठमा मुस्कान छाउँछ, यो नै यसको स्वन्दर्य हो उनले भने ।

प्रतिक्रिया