आइतबार, जेठ ६, २०८१

बिश्व कप फुटबल-२०२२ पुरस्कार रकम नै साढे १४ करोड डलर

नेपालखोज २०७९ मंसिर १ गते १६:१०

काठमाडौं । कतार विश्वकपमा ३२ राष्ट्र सहभागी छन् । हरेक राष्ट्रले २६ जना खेलाडी समाबेस गरेर आ-आफ्नो टिम निर्माण गरेका छन । विश्वकप खेल्ने खेलाडीले कति पारिश्रमिक पाउँछन् भन्ने चासो जोकसैलाई हुनसक्छ । उनीहरुलाई फिफाले पारिश्रमिक दिने गरेको छ ।

आफ्ना क्लबमा आवद्ध खेलाडीलाई विश्वकप खेल्न दिए बापत फिफाले त्यस्ता क्लबलाई दिन भनेर २० करोड डलर छुट्टाएको छ । फिफाको यो कार्यक्रमबाट ६३ राष्ट्रका ४ सय १६ क्लब लाभान्वित हुनेछन् । फिफाले खेलाडीहरुलाई वितरण गर्न ४४ करोड डलर छुट्टाएको छ । खेलाडीहरुले फिफाबाट प्रतिव्यक्ति अधिकतम ३ लाख ७० हजार डलर प्राप्त गर्छन् । बिश्व कप खेल्ने खेलाडीहरूले कतार बसुन्जेलका लागि प्रतिदिन १० हजार डलर प्राप्त गर्नेछन् ।

सन् २०२२ को विश्वकप विजेताले ४ करोड २० लाख डलर पाउनेछ । यसअघिको विश्वकप विजेता फ्रान्सले ३ करोड ८० लाख डलर प्राप्त गरेको थियो । विश्वकपको उपविजेताले भने ३ करोड डलर पाउनेछ भने तेस्रो स्थानमा रहनेले २ करोड ७० लाख डलर पाउनेछ ।

यस्तै चौथो स्थान हासिल गर्ने देसले २ करोड ५० लाख डलर पाउनेछ। यसैगरि पाँचौंदेखि आठौँ स्थानसम्म रहने राष्ट्रले १ करोड ७० लाख डलर तथा नवौँदेखि १६ औँ स्थानमा रहने राष्ट्रले १ करोड ३० लाख डलर प्राप्त गर्नेछन् । १७ औं देखि ३२ औँ स्थानमा रहनेलाई फिफाले ९० लाख डलर दिनेछ।कतार बिश्व कपमा फिफाले पुरस्कार रकममै १४ करोड ४४ लाख डलर खर्च गर्नेछ ।

प्रतिक्रिया