आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल-२०२२ एसियाबाट ६ राष्ट्र

नेपालखोज २०७९ मंसिर २ गते ९:३२

काठमाडाैं । विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । कतार आयोजकका नाताले सिधै छनोट भएको हो भने जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो ।

अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । ती पाँचै टिम रुसमा अघिल्लो पटक सम्पन्न विश्व कपमा पनि सहभागी थिए ।

कतारमा हुने विश्वकप-२०२२मा युरोपबाट सबैभन्दा धेरै १३ टिमले सहभागिता जनाउँदै छन् । यसैगरी अफ्रिकाबाट ५, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट ४-४ टिमले कतार विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया