आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल- २०२२ उद्घाटन समारोहमा नोरा फतेही र निकी मिनाज

नेपालखोज २०७९ मंसिर ३ गते १२:०९

काठमाडौं । फिफा विश्वकपको उद्घाटन समारोहमा बलिउड डान्सर नोरा फतेहीले प्रसिद्ध अमेरिकी गायिका निकी मिनाजसँगै प्रस्तुति दिने भएछिन् । कतारको अल खोरस्थित अल बेट स्टेडियममा संचालन हुने विश्वकपको उद्घाटन समारोहमा नोरा हिन्दी गीतमा नाच्ने भएकी बताईन्छ ।

उदघाटन समारोहमा उपस्थित भएसँगै नोरा फिफा विश्वकपमा बलिउडको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बन्नेछिन । गत महिना नोरा फतेहीले फिफा विश्वकप- २०२२ को उद्घाटन समारोहमा शकिरा र जेनिफर लोपेजको साथमा प्रस्तुति दिने बताइएको थियो ।

बिश्वकपको आधिकारिक गीतमा एमिराती गायक बिल्किस, इराकी सुपरस्टार रहमा रियाज तथा मोरक्कन पुरस्कार विजेता गायक-गीतकार मनाल लगायत तीन प्रसिद्ध अरब कलाकारले आ-आफ्नो कला प्रस्तुत गरेका छन ।

प्रतिक्रिया