आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल-२०२२ : कतारले कसरी पायो आयोजकत्व ?

नेपालखोज २०७९ मंसिर ४ गते ७:३१

काठमाडाैं । सन् २०१० मा फिफाले सन् २०२२ को विश्वकप कतारले आयोजना गर्ने घोषणा गरेदेखि नै यो विवादमा परेको छ । त्यतिबेला अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापानजस्ता देशलाई पछाडी पार्दै कतारले आयोजकत्व हासिल गरेको थियो ।

यो कुरा धेरैका लागि आश्चर्यको विषय भएको थियो र यसका लागि कतारले फिफा अधिकारीहरूलाई घूस दिएको आरोपसमेत लागेको थियो । यद्यपि, पछि फिफाले ती आरोपहरूको स्वतन्त्र अनुसन्धान गर्‍यो, जसमा कुनै ठोस प्रमाण फेला परेन ।

कतारले डेलिगेट्सको भोट किनेको आरोप अस्वीकार गर्‍यो, तर फ्रान्सेली अधिकारीहरूले सुरु गरेको अनुसन्धान अझै जारी छ । सन् २०२० मा अमेरिकाले फिफाका तीन जना अधिकारीले भुक्तानी प्राप्त गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया