सोमबार, वैशाख २४, २०८१

बिश्वकप फुटबल-२०२२ ठूला फुटबल स्टारको अन्तिम विश्वकप

नेपालखोज २०७९ मंसिर ४ गते १३:३५

काठमाडौं । फुटबल इतिहासका दुई सफल खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कतारमा पाँचौं विश्वकप खेल्दैछन्, जुन उनीहरुको अन्तिम विश्वकप हुनेछ। मेस्सी र रोनाल्डोले २००६ मा विश्वकपमा डेब्यु गरे पनि आफ्नो देसकालागि ट्रफी जित्न सकेका छैनन् । यी दुई बाहेक अरु पनि ठूला नाम छन् जो २०२६ को विश्वकपमा देखिने छैनन् ।

लियोन मेस्सी (अर्जेन्टिना) विश्वकप डेब्यू : २००६ , खेल पोजिसन : फरवार्ड , म्याच स् १६५ , गोल : ९१ कतार विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेस्सीको हकमा अर्जेन्टिनाका लागि उपाधि जित्ने यो अन्तिम मौका हो । यसअघि उनको कप्तानीमा अर्जेन्टिना २०१४ मा फाइनलसम्म पुगेको थियो तर उसले जर्मनीसँग हार बेहोर्नु पर्यो । ३५ वर्षीय मेस्सी विश्वकप ट्रफी जितेर आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्न चाहन्छन् ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) विश्वकप डेब्यू : २००६ , पोजिसन: फरवार्ड , म्याच: १९१, गोल : ११७ क्रिस्टियानो रोनाल्डो पनि कतारमा आफ्नो पाँचौं विश्वकप खेल्दैछन्। रोनाल्डो ३७ वर्षका भइसकेका छन् र उनले अर्को विश्वकप खेल्न सम्भव छैन । पोर्चुगल निकै बलियो टिम हो र कप्तान रोनाल्डो ट्रफीसहित विश्वकपबाट बाहिरिन चाहन्छन् । पोर्चुगल अहिलेसम्म दुई पटक सेमिफाइनल सम्म पुगेको छ ।

थोमस मुलर (जर्मनी) विश्वकप डेब्यू : २०१० पोजिसन : फर्वार्ड म्याच : ११८, गोल : ४४ मुलर २०१४ मा विश्वकप जित्ने जर्मन टिमका सदस्य थोमस मुलर प्राविधिक रुपमा राम्रा खेलाडी हुन् । ३३ वर्षको उमेरमा पनि उनी टिमका लागि महत्वपूर्ण खेलाडी हुन् । सन् २०१४ को सेमिफाइनलमा ब्राजिलमाथि ७-१ को जितमा मुलरको महत्वपूर्ण भूमिका थियो । विश्वकपका १६ वटा खेलमा १० गोल गरेका मुलरका लागि यो अन्तिम विश्वकप हुनेछ।

रोबर्ट लेवान्डोस्की (पोल्याण्ड) विश्वकप डेब्यु स् २०१८ पोजिसन : फरवार्ड , म्याच: १३४, गोल : ७६ पोल्याण्डका रोबर्ट लेवान्डोस्की अर्का स्टार स्ट्राइकर हुन् जसका लागि यो अन्तिम विश्वकप हुनेछ । ३४ वर्षीय लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएदेखि नै उत्कृष्ट लयमा छन्, उनले विश्वकपका प्रतिस्पर्धामा १४ गोल गरेका छन् । पोल्यान्डका सबैभन्दा अनुभवी खेलाडी लेवान्डोस्की कतारमा आफ्नो फर्म कायम राख्दै चम्कन चाहन्छन् ।

एडिन्सन काभानी (उरुग्वे) विश्वकप डेब्यु : २०१० स्थिति स् फरवार्ड , म्याच : १३३ , गोल : ५८ एडिन्सन काभानी अन्तिम पटक कतारमा उरुग्वेको जर्सीमा देखा पर्नेछन् । म्यानचेस्टर युनाइटेड छोडेपछि, काभानी विश्वकप अघि भ्यालेन्सियामा आए । उरुग्वेका लागि १३३ खेल खेलेका ३५ वर्षीय काभानीले आफ्नो चौथो विश्वकप खेल्ने र टिमका लागि निकै महत्वपूर्ण साबित हुने अपेक्षा छ ।

लुका मोड्रिच (क्रोएसिया) विश्वकप डेब्यु स् २००६ पोजिसन स् मिडफिल्डर म्याच स् १५५ , गोल : २३ मोड्रिचले क्रोएसियालाई गत विश्वकपमा फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। फाइनलमा क्रोएसियाली टिम फ्रान्ससँग पराजित भए पनि उनले गोल्डेन बल जितेका थिए । यी ३७ वर्षीय मिडफिल्डरले आफ्नो अन्तिम विश्वकप कतारमा खेल्दैछन् र यस पटक पनि उनि राम्रो प्रदर्शन गर्ने आशामा छन ।

म्यानुएल नेउर (जर्मनी) विश्वकप डेब्यु : २०१० पोजिसन स् गोलकिपर , म्याच : ११४ म्यानुएल नेउर युरोपका उत्कृष्ट गोलकिपर मध्ये एक हुन् । २०१४ विश्वकपको फाइनलमा उनले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरेका थिए। यी जर्मन गोलकिपर ३६ वर्षका छन् र सम्भवतः अन्तिम पटक विश्वकप खेल्दैछन्। जर्मनीसँग बलियो टिम छ र जर्मनीले उपाधि जित्ने हो भने न्युएरको भुमिका महत्वपूर्ण हुनेछ ।

लुइस सुआरेज (उरुग्वे) विश्वकप डेब्यु : २०१० पोजिसन स् फरवार्ड , म्याच स् १३४, गोल : ६८ लुइस सुआरेज २०२२ को विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने उरुग्वेका अर्का खेलाडी हुन् । आफ्नो समयका उत्कृष्ट स्ट्राइकर मध्येका एक सुआरेजले उरुग्वेका लागि सर्वाधिक गोल गरेका छन् । ३५ वर्षीय सुआरेजले कतारमा धेरै समय खेल्न नपाउने भए पनि उनको उपस्थिति टिमका लागि महत्वपूर्ण हुनेछ ।

करिम बेन्जेमा (फ्रान्स) विश्वकप डेब्यू स् २०१० पोजिसन स् फर्वार्ड म्याच : ९७ गोल : ३७ रियल म्याड्रिडका लागि असाधारण प्रदर्शन गरेपछि बेन्जेमालाई युरो- २०२० का लागि फ्रान्सको टिममा फिर्ता बोलाइएको थियो। फ्रान्सले बेन्जेमाबाट धेरै आशा राखेकोछ किनभने यसका धेरै स्टार खेलाडी चोटका कारण यसपटकको विश्वकप बाट बाहिरिएका छन् । यहि वर्ष बालोन डी’ओर जितेका बेन्जेमा राम्रो लयमा छन् । बेन्जेमा ३४ वर्षका छन् र कतार विश्वकप उनका लागि अन्तिम विश्वकप मानिदैछ ।

एन्जेल डि मारिया (अर्जेन्टिना) विश्वकप डेब्यू : २०१० पोजिसन: विङ्गर म्याच स् १२४ गोल : २७ एन्जेल डि मारिया महत्वपूर्ण खेलहरूमा अर्जेन्टिनाका लागि स्टार खेलाडीमध्ये एक हुन् । मारियाले कोपा अमेरिका कपको फाइनलमा गोल गर्दै अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए । मारिया ३४ वर्षका भए यद्यपि उनले आफ्नो क्लब युभेन्टसका लागि राम्रो प्रदर्शन गरिरहेकन छन् । मेस्सी जस्तै मारियाका लागि पनि यो विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने अन्तिम मौका छ ।

केभिन डे ब्रुयन (बेल्जियम) विश्वकप डेब्यु : २०१४ पोजिसन : मिडफिल्डर म्याच स् ९३ , गोल: २५ म्यानचेस्टर सिटी र बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुइनले यो आफ्ना लागि अन्तिम विश्वकप भएको संकेत गरिसकेका छन् । ब्रुनले भनेका छन्- म अहिले ३१ वर्षको भएँ र आगामी चार वर्षमा के हुन्छ थाहा छैन । यो मेरो तेस्रो विश्वकप हो र सम्भवत: अन्तिम विश्वकप पनि ।

नेमार (ब्राजिल) : विश्वकप डेब्यू : २०१४ पोजिसन स् फडवार्ड म्याच स् १२१ गोल ​: ७५ ब्राजिलका स्टार स्ट्राइकर नेमारले दुई वटा विश्वकप खेलेका छन् र यो उनको तेस्रो विश्वकप हुनेछ । ३० वर्षीय नेयमारले हालै एक अन्तर्वार्तामा आफूले अर्को विश्वकप खेल्ने कुनै ग्यारेन्टी नभएको बताएका छन ।

प्रतिक्रिया