बुढीगंगामा मतदान स्थलमा विस्फोट हुँदा स्थगित भएकाे मतदान पुनः सुरु
नेपालखोज
२०७९ मंसिर ४ गते १२:५१

मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्रमा विस्फोट भएपछि मतदान स्थगित भएको मतदान पुन: सुरु भएकाे छ। बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको थियाे ।
मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विस्फोटपछि मतदादाताको भागदौड मच्चिएका थियो ।
भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
सम्बन्धित
प्रतिक्रिया