मंगलबार, वैशाख २५, २०८१

कतार विश्वकपको उद्घाटन

नेपालखोज २०७९ मंसिर ४ गते २२:११

काठमाडाैं । कतार विश्वकपको उद्घाटन भएको छ । अल खोर सिटीस्थित अल बायत रंगशालामा भव्यताका साथ उद्घाटन समारोह भएको हो ।

उद्घाटन समारोहमा कतारका घानियन अल मुफ्ताहलाई नायकका रुपमा प्रस्तुत गरिएको थियो । त्यस्तै, अमेरिकी कलाकार मोर्गान फ्रीम्यान, कतारकै गायक फहाद अल कुबैसी र दक्षिण कोरियाका गायक जुङ कुकले प्रस्तुति दिएका थिए । 

विश्वकपका खेलहरू कतारका आठवटा रंगशालामा हुनेछन् । फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो ।

फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो ।

प्रतिक्रिया