सोमबार, वैशाख २४, २०८१

साउदीले विश्वकपमा कतारलाई सघाउने

नेपालखोज २०७९ मंसिर ५ गते १९:२०

काठमाडाैं । साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताएका हुन् ।

साउदी अरबका युवराज एवं प्रधानमन्त्री मोहम्मद बिन सलमान अलसाउदले आफ्नो सरकारले विश्वकपको समयमा कतारलाई सहयोग गर्ने जनाउँदै सम्बद्ध निकायलाई सहायता उपलव्ध गराउन आदेश दिएका साउदी खेलकुद मन्त्रालयले जनाएको छ ।

एकमहिनासम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युवराज अल साउदले कतारका प्रयासमा सघाउन, समर्थन गर्न एवम् थप कोषसमेत उपलव्ध गराउन सरकारी निकायहरूलाई निर्देशन दिनुभएको उक्त मन्त्रालयले एक वक्तव्य निकालेर बताएको छ ।

सन् २०१७ मा संयुक्त अबर इमिरेट्स, साउदी अरब, बहराइन र इजिप्टले आतङ्वादप्रति कतार नरम रहेको आरोप लगाउँदै दोहासँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । आफ्नो आर्थिक सफलताबाट ती छिमेकी देश असन्तुष्ट भएको भन्दै उक्त आरोप दोहाले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया