मंगलबार, वैशाख २५, २०८१

कतार विश्वकप फुटबल : इंग्ल्यान्डले इरानलाई ६-२ गोलले हरायाे

नेपालखोज २०७९ मंसिर ५ गते २१:३६

काठमाडाैं । इंग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।

इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे । यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘बी’ को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ ।

प्रतिक्रिया