शुक्रबार, चैत १६, २०८०

म्यानमारमा ६ लाख ३३ हजार ४५ कोरोना सङ्क्रमित

नेपालखोज २०७९ मंसिर ६ गते १२:४३

याङ्गुन । म्यानमारमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ४० नयाँ घटना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३३ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

विगत २४ घण्टामा ८ हजार दुई सय ७ जनामा कोरोना परीक्षण भएको र दैनिक पोजेटिभ दर ०.४९ प्रतिशत भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ मृत्यु नदेखिएकाले सोमबार देशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १९ हजार चार सय ८७ मा रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार २८ नयाँ निको भएकासहित देशमा कोभिड–१९ बाट निको भएका बिरामीको कुल संख्या ६ लाख ७ हजार चार सय १२ पुगेको छ । दक्षिणपूर्वी एसियाली देशले सन् २०२० मार्चमा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएका थिए ।

प्रतिक्रिया