शुक्रबार, वैशाख १४, २०८१

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट : वाग्मती प्रदेश र गण्डकी प्रदेश भिड्दै

नेपालखोज २०७९ मंसिर ७ गते १०:२८
फाइल तस्बिर

काठमाडाैं । काठमाडौं आजदेखि वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । त्रिवि खेलमैदानमा भइरहेको उद्घाटन खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश भिड्दैछन् । गण्डकीले टस जितेर वाग्मतीलाई ब्याटिङको निम्ता दिएको छ ।

मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ ।

विजेताले २ लाख र उपविजेताले १ लाख प्रात्त गर्नेछन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने नेपाल क्रिकेट संघले जनाएकोे छ।

प्रतिक्रिया