मंगलबार, वैशाख ११, २०८१

विश्वकप फुटबल-२०२२ : आज चार खेल हुँदै

नेपालखोज २०७९ मंसिर ८ गते ६:३७

काठमाडाैं । कतारमा सञ्चालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्सिर ८ गते बिहीबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदै छन् ।

जसमा समूह जी र एचका दुई/दुईवटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा स्वीट्जरल्याण्ड र क्यामरुन, दोस्रो खेलमा उरुग्वे र दक्षिण कोरिया, तेस्रो खेलमा पोर्चुगल र घाना तथा चौथो खेलमा ब्राजिल र सर्विया एकअर्कासँग भिडदैछन् ।

पहिलो खेल मंसिर ८ गते दिउँसो ३:४५ बजे-स्वीट्जरल्याण्डविरुद्ध क्यामरुन समूह-जी दोस्रो खेल मंसिर ८ गते साँझ ६:४५ बजे – उरुग्वे विरुद्ध दक्षिण कोरिया समूह-एच तेस्रो खेल मंसिर ८ गते राति ९:४५ बजे-पोर्चुगलविरुद्ध घाना समूह-एच चौथो खेल मंसिर ८ गते राति १२:४५ बजे-ब्राजिलविरुद्ध सर्विया समूह – जी

प्रतिक्रिया