बिहीबार, चैत १५, २०८०

सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ मंसिर ८ गते १०:३७

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदी आज पनि प्रतितोला १३ सय ०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया