बिहीबार, वैशाख १३, २०८१

कोरियामा एकै दिन कोभिडका ५९ हजार संक्रमित

नेपालखोज २०७९ मंसिर ८ गते १२:१८

सोल । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् । यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार तीन सयभन्दा बढी सङ्क्रमित पाइएको थियो । तर अधिकारीहरुले यहाँ अघिल्लो हप्ताको तुलनामा भने यस हप्ता सङ्क्रमितहरु झन् बढेको बताएका छन् ।

अघिल्लो साता दिनमा बढीमा ५५ हजार जना सङ्क्रमित देखिएकामा यस साता बढेका बताएका हुन् । यहाँ यस हप्ता कोभिडबाट ५९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यो समेतगरी यहाँ कोभिडबाट ज्यान जाने नागरिकको संख्या ३० हजार दुई सय २३ जना पुगेको छ ।

प्रतिक्रिया