शुक्रबार, चैत १६, २०८०

लेफ्टिनेन्ट जनरल मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख नियुक्त

नेपालखोज २०७९ मंसिर ८ गते १४:२७

इस्लामाबाद । लेफ्टिनेन्ट जनरल असिम मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रुपमा नियुक्त भएका छन् । गत हप्तादेखिको विभिन्न अनुमानकाबीच आज (बिहीबार) उनको नियुक्ति भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रुपमा नियुक्त गर्ने निर्णय गरेका छन् पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् । यो निर्णयको बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको छ ।

प्रतिक्रिया