बुधबार, वैशाख १२, २०८१

चुनाव जित्नेहरु-३

नेपालखोज २०७९ मंसिर ८ गते १५:००

चित्रबहादुर केसी पुन : सांसद

बागलुङ-१ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले २१,४५१ मत प्राप्त गरेका छन् । यसैगरी २०७४ मा यहि क्षेत्रबाट निर्वाचित सूर्यप्रसाद पाठकले यस पटक १८ ,८२५ मत मात्र जोडन सके । यता राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९,१८१ मत प्राप्त गर्दा राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत मात्र जोडेका छन ।

प्रदेशसभा सभामुख अब सांसद

माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ को फरक मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार २६२ मत ल्याउँदा प्रतिस्पर्धी एमाले उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत मात्र प्राप्त गर्न सके । यसअघि घर्तीमगर लुम्बिनी प्रदेशसभाको सभामुख थिए ।

फेरि जिते योगेशले

ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्। ताप्लेजुङक‍‍ो मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन्।

रेशमका बुबाले जिते स्वतन्त्र रुपमा चुनाब

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुबा लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर -२ बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका छन् । लालवीरले माओवादीका सुरेश पन्थलाइ १३५ मतको झिनो अन्तरले पराजित गरेका हुन ।

काठमाडौंमा फेरि बज्यो घण्टी

काठमाडौं-६ प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४,२०४ मतका साथ बिजयी भएका छन्।
खनालका प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८,९११ मत प्राप्त गरेकन छन भने नेपाली कांग्रेसका भीमसेन दास प्रधानले ८,८०५ मत पाएका छन ।

हारिन झाँक्री , जिते बिष्टले

गुल्मी – २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक जित हात पार्ने रेकर्ड बनाएका छन् । बिष्टले २८,४७६ मत प्राप्त गरेका छन भने झाँक्रीले २६,४४२ मतमा खुम्चिएकि थिइन् ।

खाता खुल्यो माओवादीको

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर – २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ ले २७,५१७ मत प्राप्त गरि आफ्नो पार्टीका लागि प्रतिनिधिसभाको ढोका खोलेका छन । दाहालका निकटतम प्रतिद्वन्दी एमालेका मनोजजंग थापाले २१,६८७ मत मात्र ल्याउन सके । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहाल १,५५३ तथा राप्रपाका भिष्मराज श्रेष्ठ १,३४० मतमा सिमित भए ।

धवल समशेर बिजयी

बाँके – २ मन राप्रपाका नेता धवल समशेर जबरा विजयी भएका छन । राणाले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई ६,०५७ मतान्तरले पराजित गरेको निर्वाचन आयोगले जानकारि दिएको छ ।
निर्वाचन परिणाम अनुसार नेता राणाले २९ ,५७७ मत प्राप्त गरेका छन भने राईले २३,५२० मत जोडेका छन । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदीपनरसिंह राणा ४,४०३ मत मात्र ल्याउन सके ।

काठमाडौं – २ मा २७ वर्षिया सोविता

काठमाडौं – २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छिन् । निर्वाचन आयोगका अनुसार गौतमले आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले पछाडि पारेकि छिन्।
गौतमले १५,२२९ मत प्राप्त गरेकि छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११,५५५ मत प्राप्त गरेका छन्। काठमाडौं – २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११,४१४ मत ल्याएकी छिन् भने चौथो स्थानमा भएकि माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९,४४८ मत प्राप्त गरेकी छिन् ।

मन्त्रीलाई हराईन डाक्टर तोसिमाले

ललितपुर – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छिन्।
मतपरिणाम अनुसार कार्कीले १४,२०८ मत प्राप्त गरेकि छिन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत मात्र जोडन सके । उक्त क्षेत्रकी माओवादी उम्मेदवार तथा हालकि ऊर्जा मन्त्री पम्फा भुसालले ५,४५६ मतमा सिमित भइन्।

तेस्रोपटक राजेन्द्र केसी
काठमाडौं – १० मा नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) विजयी घोषित भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनले १४,४५८ मत ल्याएका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेस केसीले ११,७८६ मत प्राप्त गरेका थिए ।

एमालेलाई हराउँदै कांग्रेस
पर्सा – ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँ मन्सुरीलाई ५,५३० मतान्तरले पराजित गरेका हुन् । रिजालको पक्षमा ३१,१४२ मत खसेको छ भने जालिम मियाँले २५,६१२ मत प्राप्त गरेका छन ।

थानि विजयी
सुर्खेत – २ मा नेपाली कांग्रेसका युवा नेता हृदयराम थानी विजयी भएका छन् । थानिले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५०६७ मतान्तरले पराजित गरेका हुन । खसेको ७६,३५२ मतमध्ये थानीको पक्षमा ३४,६२५ छ भने बीसीले २९,५५८ मत प्राप्त गरेका छन ।

प्रकाशमान विजयी

काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७१४३ मत का साथ राष्ट्रिय प्रजातन्त्र पार्टी रवीन्द्र मिश्रलाई पराजित गरे । मिश्रले ७०११ मत प्राप्त गरे ।

गगन कुमार थापा निर्वाचित
काठमाडौं- ४ मा कांग्रेसका महामन्त्री गगन कुमार थापा २१२९३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८३७ मत प्राप्त गरे ।

मनाङमा नेपाली कांग्रेस

मनाङमा पनि नेपाली कांग्रेसले जीत हासिल गरेको छ । मनाङमा टेकबहादुर गुरुङले २५७५ मत ल्याउदै नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २२४७ मत प्राप्त गरे ।

प्रतिक्रिया