बिहीबार, वैशाख ६, २०८१

११ अंकले बढ्दा ९२ करोड ५१ लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर ८ गते १५:३२

काठमाडौं। नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने ११ दशमलव ५६ अंकले बढेर १९ सय ३३ दशमलव ५५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव दुई अंकले बढेर तीन सय ८० दशमलव ९२ अंकमा चढेको छ ।

दुई सय ३२ वटा कम्पनीहरुको १८ हजार चार सय ९५ पटकको कारोबारमा २५ लाख ६९ हजार दुई सय २९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार तीन सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा निर्जिवन बिमा समूहको सूचक तीन दशमलव २६ अंकले घटेर सात हजार ६ सय २३ दशमलव ३४ अंकमा झरेको छ भने बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ९५ अंकले बढेर १३ सय ५८ दशमलव ३० अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ३७ दशमलव ९० अंकले बढेर तीन हजार चार सय ५० दशमलव २७ अंकमा चढेको छ । फाईनान्स समूहको सूचक १८ दशमलव १० अंकले बढेर १६ सय सात दशमलव १० अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक ११ दशमलव ६३ अंकले बढेर दुई हजार १६ दशमलव ३३ अंकमा चढेको छ । यसैगरी जीवन बिमा समूहको सूचक २६ दशमलव ८५ अंकले बढेर नौ हजार ८२ दशमलव २४ अंकमा चढेको छ । होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ८३ प्रतिशतले बढेर दुई सय १९ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ८९ प्रतिशतले घटेर सात सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शाईन रेसुंगा डेभलपमेन्ट बैंकको प्रतिकित्ता तीन सय ४३ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ६२ लाख ४८ हजार चार सय एक रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया