आइतबार, मंसिर १८, २०७९

सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी

नेपालखोज २०७९ मंसिर ८ गते १७:४१

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी भएका छन् ।

उनले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी भएका हुन् । ३४ हजार आठ सय ३२ मतमध्ये कांग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार दुई सय ६३ मत ल्याए भने एमालेका विष्टले १५ हजार एक सय ८८ मत प्राप्त गरेका थिए ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी रहँदा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर फराकिलो बनाउँदै जित नजिक पुगेका छन् । उनले २९ हजार सात सय ६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका धु्रवकुमार शाहीले २२ हजार दुई सय ८३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया