फिफा विश्वकप फुटबल २०२२ : यी हुन आज हुने खेल
नेपालखोज
२०७९ मंसिर ९ गते ६:५९

काठमाडौं । कतारमा संचालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्सिर ९ गते शुक्रबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदै छन् जसमा समूह ए र बी का दुई/दुईवटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा वेल्स र इरान , दोस्रो खेलमा कतार र सेनेगल, तेस्रो खेलमा नेदरल्याण्ड र इक्वेडर तथा चौथो खेलमा इंग्ल्याण्ड र अमेरिका एकअर्का सँग भिडदैछन् ।
पहिलो खेल मंसिर ९ गते दिउँसो ३:४५ बजे – वेल्स विरुद्ध इरान समूह – बी
दोस्रो खेल मंसिर ९ गते साँझ ६ः४५ बजे – कतार विरुद्ध सेनेगल समूह – ए
तेस्रो खेल मंसिर ९ गते राति ९ः४५ बजे – नेदरल्याण्ड विरुद्ध इक्वेडर समूह – ए
चौथो खेल मंसिर ९ गते राति १२:४५ बजे – इंग्ल्याण्ड विरुद्ध अमेरिका समूह – बी
आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया