शुक्रबार, वैशाख ७, २०८१

काभ्रे–१ (२) : तीन मतान्तरले तीर्थ लामा निर्वाचित

नेपालखोज २०७९ मंसिर ९ गते ७:२५

काभ्रे । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका थिए ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त रेका छन् । यस क्षेत्रमा नौ जना उम्मेद्वार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । रासस

प्रतिक्रिया