शुक्रबार, वैशाख १४, २०८१

पायल्स भएकाले के गर्ने के नगर्ने ?

डा. हेमराज कोइराला २०७९ मंसिर ९ गते १२:५३

हर्षा, पाइल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्याधि जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताका रक्तनली हरू विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् । यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्छन् । रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्छ ।

सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलतिर खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला–डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्छन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिशा अड्केको आभाष हुने उठ्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने एवं माशिपर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्छन् ।

कारणहरू :

इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस (.गुदद्वार भित्रका रक्तशिराहरू)लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ कुनै पनि काम यो रोगको कारण हो । यी कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ ।

यसका अलावा ग¥हुङ्गो भारी उचाल्नाले, कलेजकोको रोग (लिवर सिरोसीस भएमा) गुदद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरीया जस्ता पेटका समस्या हुँदा, गुदा–मैथुनगर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरूमा, मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएकोछ ।

साइकियाट्रिक औषधिको सेवन गर्ने, राती जागै रहनेहरुमा, उभ्भिएर काम गर्नेहरू जस्तै ट्राफिक पुलिस, कन्डक्टर, कुली, मजदुहरू भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्छ ।

के के गर्ने ?

१. प्रशस्त पानी पिउनुहोस् ।

२. ३ सातासम्म अन्न त्याग गरी फलफूल र तरकारीहरू मात्र खानुहोस् ।

३. मोही, दालको रस, प्राकृतिक सुपको सेवन गर्नुहोस् ।

४. तातो कटिस्नान वा सिट्जबाथ गनुहोस् ।

५. सुपाच्य खानेकुराहरूमात्र खाने गरौं ।

६. अन्तरनिहित कारणहरू पत्ता लगाएर उपचार गराउनुहोस् ।

के के नगर्ने ?

१. दिशा गर्दा कन्ने वा बल लगाउने नगर्नुहोस् ।

२. भारी सामान नउठाउनुहोस् ।

३. लामो समयसम्म एउटै स्थानमा बसि नरहनुहोस् ।

४. रेचक औषधि र एनीमाको अत्यधिक प्रयोग नगर्नुहोस् ।

५. तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यताबाट बच्नुहोस् ।

६. गरिष्ठ भोजनको सेवन नगर्नुहोस् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया